४५ मिनेटमै कोरोनाभाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो



हाम्रो इकोनोमि

 

 

अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड-१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड-१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो ।
यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ । यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए ।यसअन्तर्गत ‘ड्राइभ थु्र’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ । सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...