पशुपतिको आरती भोलिदेखि बन्द, २५ जनाभन्दा बढी मलामी नआउन अनुरोध



हाम्रो इकोनोमि

 

 

सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ । उनले सामूहिक भजनर्कीतन पनि रोकिएको बताए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’

उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ ।

त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...