अनिश्चितकालका लागि राष्ट्रियसभा बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत १३ गतेलाई सारिएको छ ।

यसअघि राज्यव्यव्स्था समिति बैठकमा २५ जनाभन्दा बढी भएपछि बिहीहबार स्थगित भएको थियो । सरकारले संघीय संसदको अधिवेशन नै अन्त्य गर्ने सम्भावनाबीच राष्ट्रियसभा बैठक शुक्रबार पनि राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...