कोरोना भाइरसले मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै



हाम्रो इकोनोमि

 

 

कोरोना (कोभिड–१९) को उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ ।

चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ ।

तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनमा भने बितेको २४ घण्टामा मात्रै ३ जनाको ज्यान गएको छ । देशभर कोरोनाका ३९ नयाँ बिरामी भेटिएका छन् ।

विश्वभर महामारीको रूप लिएको कोरोनाले हालसम्म १० हजार ४८ मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...