कोरोना भाइरसले बन्द भए सबै फिल्म हल



हाम्रो इकोनोमि

 

सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्लब, मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले सचेतना अपनाएको छ । सरकारले विनाकाम कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कोरोनाको प्रभावले नेपालका सबै हल वैशाख १८ गतेसम्म बन्द गरिने भन्दै राजधानीका मल्टिप्लेक्स हलहरुले बुधवार राति नै सूचना जारी गरेका थिए ।

क्युएफएक्स सिनेमाजले ‘तपाईंको सुरक्षा हाम्रो प्राथमिकता’ भन्दै सूचना जारी गर्दै हल बन्द गरिएको जनाएको छ ।

नेपालमा केही हप्तायता कोरोना त्रास फैलिएसँगै फिल्म हलमा दर्शकको उपस्थिति न्यून थियो ।

हलमा प्रदर्शन गरिएका केही फिल्म भने अब स्वतः स्थगित भएका छन् । नेपाली फिल्म ‘आमा’ बुधवारसम्म प्रदर्शनरत थियो भने अन्य विदेशी फिल्म पनि प्रदर्शनमा थिए ।

यद्यपि हलमा आगामी फिल्मको सूचीमा भने कुनै फिल्म पनि थिएनन् ।

कोरोनाकै कारण चलचित्र नीरफूल, म यस्तो गीत गाउँछु २, हलिउड र बलिउड फिल्मले पनि आफ्नो रिलिज डेट सारेका थिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...