कोरोना भाइरसबाट दुईजनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट २ जनाको ज्यान गएको छ । पाकिस्तानको उत्तरपश्चिमी खिबेर पखटुंख्वा प्रान्तको पेशावरमा र मार्डन जिल्लामा १/१ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमध्ये एक भर्खरै साउदी अरेबियाको भ्रमणबाट फर्केका थिए । अहिले उनको परिवारमा पनि यो भाइरसको परीक्षण गरिएको छ । पेशावरमा ज्यान गुमाउने नागरिक भने दुबईको भ्रमणबाट फर्किएको बताइएको छ ।

बुधबार पाकिस्तानमा नयाँ संक्रमितको संख्या पनि ६० पुगेको थियो । यससँगै मुलुकमा समग्र संक्रमितको संख्या ३०७ पुगेको छ । सिन्ध प्रान्तमा मात्र २०८ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

नयाँ संक्रमितमध्ये धेरैजसो मानिस इरानको भ्रमणबाट फर्केका मानिसहरू छन् । मंगलबार प्रधानमन्त्री इमरान खानले मानिसहरू आफैं जिम्मेवार नहुने हो भने यसले मुलुकभर महामारीको रूप लिन सक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...