कोरोना भाइरसले अमेरिकामा ११५ को मृत्यु, ५० वटै राज्यमा फैलियो



हाम्रो इकोनोमि

 

कोरोना भाइरस कोभिड–१९ अमेरिकाको सबै राज्यमा फैलिएको छ । मंगलबार अमेरिकाको वेस्ट भर्जिनियामा यो भाइरसको बिरामि फेला परेसँगै यो भाइरस अमेरिकाको ५० वटै राज्यमा फैलिएको हो ।

अहिलेसम्म यो भाइरसको कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११५ पुगिसकेको छ । साथै संक्रमितको संख्या पनि ६५०० नाघिसकेको छ । विश्वभर यो भाइरसबाट करिब २ लाख मानिस संक्रमित भइसकेका छन् भने करिब ८ हजार मानिसको ज्यान गइसकेको छ ।

कोरोना भाइरसको कारण अहिले समग्र विश्व प्रभावित भइरहेको अवस्थामा अमेरिकाको पनि आर्थिक क्षेत्रमा यसको नकारात्मक असर पर्न सक्ने वश्लिेषकहरुले चेतावनी दिएका छन् । आर्थिक क्षेत्रमा सुधारको लागि अमेरिकाले १० खर्ब डलरको आर्थिक सहायता कोषको प्रस्ताव अघि सारेको छ ।

अमेरिकी अर्थमन्त्री स्टिभिन म्नुशिनले रिपब्लिकका सांसदहरुलाई बोलाएर यो विधेयक संसद्मा पारित नभए अमेरिकाको बेरोजगारी २० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका छन् ।

यसअघि केन्द्रीय बैंक फेडेरल रिजर्भले कोरोना भाइरसको अमेरिकामा पर्न सक्ने नकारात्मक असर न्यूनीकरणको लागि ७ खर्ब डलरको आर्थिक सहायता कोष ल्याउनुका साथै ब्याजदर पनि शून्यको हाराहारीमा झार्ने निर्णय गरेको थियो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...