अमेरिकामा कोरोनाको ठुलो प्रभाब, विद्यालय र रेस्टुरेन्ट बन्द हुन थाले



हाम्रो इकोनोमि

 

 

गत डिसेम्बर महिनामा चीनको एक शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले संसारलाई यसरी कब्जा गर्छ भनेर कसैले कल्पना गरेको थिएन । तर, यसले धेरै विकसित देशहरुलाई प्रभाव पारिसकेको छ । अमेरिका पनि अब यसबाट अछुतो रहेन । अमेरिकामा अहिलेसम्म ७० भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

केही हप्ताअघिसम्म कोरोनाबाट डराउन पर्दैन भनिरहेको अमेरिका अहिले आएर आर्थिक मन्दीको गतितिर अघि बढेको संकेतहरु देखिएका छन् ।

सोमबार साँझ पत्रकारहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको सम्भावना रहेको स्वीकारे । यद्यपि आफ्नो ध्यान अर्थतन्त्र भन्दा पनि कोरोना भाइरसतिर रहेको उनले बताएका छन् ।

यतिखेर अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन नाजुक बन्दै छ । आर्थिक गतिविधिहरु ठप्प प्रायः बनेका छन् । भाइरसबाट जोगिनका लागि न्युयोर्क, न्युजर्सी, कनेक्टिकट लगायतका राज्यहरुमा रेस्टुरेन्ट, चलचित्र हल, म्युजियमलगायतका स्थानहरु बन्द गरिएका छन् । ५० भन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि कार्यक्रम गर्न बन्देज लगाइएको छ ।

अझ राष्ट्रपति कार्यालयले १० भन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन सुझाव समेत दिएको छ ।

धेरै राज्यहरुमा विद्यालयकहरु बन्द गरिएका छन् भने अनलाइनबाट मात्रै कक्षा लिइएको छ । भाइरसबाट बच्नका लागि थुप्रै कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ भने कतिपय कम्पनीहरुले आफ्नो आर्थिक अवस्थाले धान्न नसक्ने भन्दै धमाधम कर्मचारीलाई कामबाट निकाल्न सुरु गरेका छन् ।

अमेरिकी शेयर बजार पनि निकै खस्किँदै गएकाले अमेरिकी अर्थतन्त्र क्रमिक रुपमा अधोगतितिर गएको संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...