एक नेपालीलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

पोर्चुगलमा कार्यरत एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएको छ ।

पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना संक्रमण भएको हो ।

फारो नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।

पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान भने गोप्य राखेको छ । त्यस्तै, बिरामीसँगको सम्पर्कमा पुगेका व्यक्तिबारे पनि केही जानकारी दिइएको छैन ।

प्रवासमा रहेका नेपालीमा कोरोना भेटिएको यो तेस्रो घटना हो । यसअघि अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...