बलिउडमा बन्दैछ यस्तो ‘कोरोना’ फिल्म



हाम्रो इकोनोमि

 

अहिले विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको छ ।

यसको संक्रमण फैलिए संगै विश्वका कैयौं मुलुकका मानिसहरु आफ्नो घर भित्र कैद भएका छन् । कोरोनाको महामारी यतिसम्म फैलिएको छ कि विश्वका कैयौ महत्वपुर्ण कार्यक्रम समेत रद्ध भएका छन् ।

कोरोना संक्रमणले सबैलाई अस्तब्यस्त बनाएको छ । फिल्मी क्षेत्रमा पनि यसको असर देखा परेको छ । सबैभन्दा बढि फिल्म उत्पादन गर्ने बलिउडले समेत कोरोना संक्रमणको त्रासका कारण फिल्म प्रदर्शन मिति सार्न थालेको छ ।

कोरोना संक्रमण फैलिएसंगै बलिउडमा फिल्मको सुटिङ रोकिएको छ । रोहित शेट्टीको सूर्यवंशीको प्रदर्शन मिति स्थगित भएको छ । तर यहि बलिउडमा एक रोचक बिषयले प्रवेश पाएको छ । जसका कारण बलिउड आफै त तरंगित छ नै अन्यत्र पनि यसले सबैलाई अचम्भित बनाएको छ ।

यसरी सबैलाई अचम्भित पार्ने विषय भनेको बलिउडले कोरोनाको नाममा फिल्म बनाउने भएको हो ।

कोरोना भाइरसमा आधारीत रहेर बन्ने फिल्मको टाइटल समेत फाइनल भइसकेको छ ।

इराँस इन्टरनेसनलको ब्यानरमा बन्ने उक्त फिल्मको नाम ‘कोरोना प्यार है’ रहने छ । ऋतिक रोसन अभिनित फिल्म कहो ना प्यार है संग मेल खाने यस फिल्म लव स्टोरी कथामा आधारीत रहने जनाइएको छ ।

इराँस इन्टरनेसनलका कृष्णा लुल्लाका अनुसार अहिले कोरोना प्यार है को स्क्रिप्टमा काम शुरु भइसकेको छ । इराँसका अलावा अन्य फिल्ममेकरले पनि कोरोना भाइरसमा फिल्म बनाउदैछन् ।

इण्डियन मोसन पिक्चर प्रोड्यूसर एसोसिएशनलाई पनि ‘डैडली कोरोना’ नाममा फिल्म बनाउन प्रस्ताव आइसकेको जनाइएको छ ।

खबरहबबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...