काेराेना भाइरस : अब ५० भन्दा बढी व्यक्ति एकै ठाउँमा उपस्थित हुन प्रतिबन्ध



हाम्रो इकोनोमि

 

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।

सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै धार्मिक, राजनीतिक वा सामाजिक प्रदर्शनमा पनि ५० भन्दा बढी उपस्थित हुन नसक्ने केजरीवालले बताए ।

त्यस्तै शाहीन बाग प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा केजारीवालले भने, ‘कुनै पनि किसिमको प्रदर्शनमा कहीँ पनि एकै ठाउँमा ५० भन्दा बढी मानिस उपस्थित हुन पाउँदैनन् ।’

यद्यपि मुख्यमन्त्री केजरीवालले विवाहका लागि भने छुट दिएको बताए । उनले सम्भव भए विवाहको मिति सार्न अपिल गरेका छन् ।

साथै भारतमा दिल्लीको सबै नाइट क्लब, फिल्म हल, जिम र स्पा पनि आउँदाे ३१ मार्चसम्म बन्द रहनेछन् ।

केजरीवालले कोरोनाको सङ्क्रमणबाट बच्न शहरका महत्त्वपूर्ण ठाउँहरुमा हात धुने व्यवस्था गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भारतमा कोरोनाका कारण दुई जनाको ज्यान गइसकेको छ भने एक सय १० जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...