पूर्व मिस नेपाल उषा खड्गी डिभोर्सको तयारीमा
पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्नो १७ बर्षे लामो बैबाहिक जीवनलाई ब्रेक गर्ने भएकि छिन् । पति जीपी तिमल्सिनासँगको सम्बन्ध निकै तिक्ततापूर्ण भएपछि उषाले सम्बन्ध बिच्छेदको निर्णयमा पुगेकि हुन् ।
जिपी र उषाले १७ बर्षअघि विवाह गरेका थिए । दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गरेका थिए । विवाहपछि उनीहरुबाट एक छोरा र एक छोरी छन् । तरपनि उनीहरुको सम्बन्ध जीवनभरलाई हुन सकेन ।
आफुमाथी हिंसा भएको भन्दै उषाले सम्बन्ध बिच्छेदको निर्णय लिएकी छिन् । उनी माथी के हिंसा भयो त्यो भने उनले खुलाएकि छैनन् । हिंसा सहेर अब बस्न नसक्ने उनले निर्णय लिएकी छिन् । ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले भनेकि छिन् ।