भारतले विश्वभरका नागरिकलाई प्रतिबन्ध लगायो, भारतीय पनि फर्किन नपाउने



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको महाहारी फैलिन थालेपछि भारतले पनि विदेशी नागरिकलाई आउन प्रतिबन्द लगाएको छ । कोरोना भाइरस नियन्त्रण्मा लागि भारतले अमेरिकापछि दोस्रो कदम उठाएको हो । कोरोनाको उद्गम स्थल चीनमा यसको प्रकोप हराउँदै गएपछि युरोपियन मुलुकमा भने विकरालरुपमा फैलिएको छ ।

कोरोनाले विश्वभर विकराल रुप लिन थालेपछि भारतले पनि आवत जावत सवै बन्द गरेको छ । भारतमा ६० भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु छन् । कोरोनालाई नियन्त्रण गर्न विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो।

भारतले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत मुलुक छिर्न प्रतिबन्द लगाएको छ । भारतको घोषणा भोली शुक्रवारबाट लागुहुनेछ ।
भारत आउने विदेशी पर्यटकको भिषा रद्द गरिएको छ भने स्वदेश फर्किने भारतीयलाई क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना नियन्त्रणमा लागि भारतले ‘यात्रा निर्देशिका’ नै जारी गरेको छ । निर्देशिका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले जारी गरेका छन् ।

यात्रा निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिने छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...