भारतले विश्वभरका नागरिकलाई प्रतिबन्ध लगायो, भारतीय पनि फर्किन नपाउने



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको महाहारी फैलिन थालेपछि भारतले पनि विदेशी नागरिकलाई आउन प्रतिबन्द लगाएको छ । कोरोना भाइरस नियन्त्रण्मा लागि भारतले अमेरिकापछि दोस्रो कदम उठाएको हो । कोरोनाको उद्गम स्थल चीनमा यसको प्रकोप हराउँदै गएपछि युरोपियन मुलुकमा भने विकरालरुपमा फैलिएको छ ।

कोरोनाले विश्वभर विकराल रुप लिन थालेपछि भारतले पनि आवत जावत सवै बन्द गरेको छ । भारतमा ६० भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु छन् । कोरोनालाई नियन्त्रण गर्न विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो।

भारतले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत मुलुक छिर्न प्रतिबन्द लगाएको छ । भारतको घोषणा भोली शुक्रवारबाट लागुहुनेछ ।
भारत आउने विदेशी पर्यटकको भिषा रद्द गरिएको छ भने स्वदेश फर्किने भारतीयलाई क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना नियन्त्रणमा लागि भारतले ‘यात्रा निर्देशिका’ नै जारी गरेको छ । निर्देशिका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन र नागरिक उड्यन मन्त्री हर्दिप पुरीले जारी गरेका छन् ।

यात्रा निर्देशिका अनुसार भारत सरकारले अब मार्च १३ अर्थात् भोलि शुक्रबार मध्याह्न १२ बजेपछि भारतका लागि हिँडको विदेशीलाई प्रवेश दिने छैन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...