कोरोना भाइरसको कारण अमेरिका यात्रामा प्रतिबन्ध



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् ।

बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने,  ‘हाम्रो क्षेत्रमा नयाँ संक्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्रतिबन्ध लगाएका छौं ।’

एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए ।

कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् ।

यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए, ‘कोरोना भाइरसको चुनौतीसँग लड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्न तयार छ ।’

ट्रम्पले भनेका छन्, ‘हाम्रो शत्रु समान छ, वास्तवमा कोरोना भाइरस पूरै विश्वको शत्रु हो । हामी यसबाट छिटोभन्दा छिटो सुरक्षित रहनुपर्छ । मेरालागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ ३५ छ । यसैको कारण ३८ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण सबैभन्दा धेरै चीन, इटाली, इरान र कोरियामा पाइएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ ।

जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फरेन्समार्फत्

यसैबीच अमेरिकाको पिट्सबर्गमा यसै महिना हुने तय भएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकको तरिका फेरबदल गरिएको छ । मार्च २४ र २५ तारिकमा हुने बैठक अब भिडियो कन्फरेन्समार्फत् हुने छ ।

यस्तै लस एन्जलेन्समा यसै वर्षको जून महिनामा हुने ई–३ एक्सो (मनोरञ्जनात्मक इलेक्ट्रोनिक प्रदर्शनी) रद्द गरिएको छ । भिडियो गेमिङ इन्डष्ट्रीका लागि महत्वपूर्ण मानिने यो एक्स्पोमा विश्वभरका भिडियो गेम बनाउने कम्पनीहरु र गेम खेल्ने व्यक्तिहरु सहभागी हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...