डोटीको बुडरमा औधोगिक ग्राम स्थापना गर्न समझदारी



हाम्रो इकोनोमि

 

 

जिल्लाको बुडरमा घोषणा भएको औधोगिक ग्राम स्थापनाको लागि प्रकृया अघि बढेको छ । यसै सन्दर्भमा नेपाल सरकारले घोषणा गरेको स्थानमा औधोगिक ग्राम स्थापना गर्ने सन्दर्भमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिका बिचमा फागुन १६ गते समझदारी भएको जोरायल गाउँपालिकाले जनाएको छ ।

सो सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह-सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजबहादुर खत्रीले हस्ताक्षर गर्नु भएको छ । स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रबिधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी यस्ता उद्योग स्थापना विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ ।

नेपाल सरकारले प्रत्यक स्थानीय तहमा औधोगिक ग्राम स्थापना गरि सन्चालनमा ल्याउने नीति अनुरुप आ।ब। २०७६/७७ मा मन्त्री परिषदको निर्णय अनुसार घोषणा भएका ३२ वटा औधोगिक ग्रामहरुको पूर्बाधार विकास र निर्माण कार्यका लागि स्थानीय तहसँग समझदारी गरिएको हो । सो कार्यको लागि चालु आ।ब। मा मन्त्रालयले जोरायल गाउँपालिकालाई ९२ लाख  निकासा गर्ने छ । गाउँपालिकाले ३ महिना भित्र  आफ्नो श्रोतबाट बिस्तृत परियोजना प्रतिबेदन तयार गरि मन्त्रालयमा पेश गर्नु पर्ने छ ।

औधोगिक ग्राम स्थापनाको लागि मन्त्रालयले उपलब्ध गराएको  बजेटको अधिनमा रहि पूर्बाधार बिकास तथा बिभिन्न सँरचना निर्माणको लागि खर्च गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । धनगढी डडेल्धुरा भिमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नंं २ बुडरमा औधोगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समय देखि पहल गरेको थियो । यसका लागि सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्रीका प्रमुख स्वकिय सचिब शिबसिंह ओलीले पनि प्रदेश सरकारवाट पहल र पैरवी गर्नु भएको थियो ।

जोरायल गाउँपालिकाको पहल पश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औधोगिक ग्राम स्थापना गर्न मन्त्री परिषदबाट स्वीकृत गराउनु भएको थियो । डोटीको बुडरमा औधोगिक ग्राम स्थापना गर्ने नेपाल सरकारबाट निर्णय भएपछि जोरायल गाउँपालिकाले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ ।

सुदूर पश्चिमका पहाडी जिल्ला प्रबेश गर्ने प्रबेशद्वारको रुपमा  रहेको डोटीको बडरमा स्थापना हुने औधागिक ग्राम नमूनाको रुपमा बिकास गरिने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । उक्त औधोगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिकाका स्थानीय बासिन्दाहरुपनि प्रत्यक्ष रुपमा लाभान्वित हुने छन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...