मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसले संसद अवरुद्ध गर्यो



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (बिहीबार)को राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

राष्ट्रियसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ । त्यसलगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधामन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । छलफलमा दुईबीच मन्त्री बाँस्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने विषयमा छलफल भएको थियो । यस्तै

प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

सेक्युरिटी  प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ ।

मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ । संसद बैठक केहीबेरमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...