चीनबाट १ सय ७५ जना नेपाली बोकेको वाइडबडी विमान काठमाडौं आइपुग्यो



 

चीनको बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको ए ३३० वाइडबडी विमान आज (आइतबार) विहान ४ बजे काठमाडौं आइपुगेको छ । बुहानबाट १ सय ७५ जना नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो ।

This image has an empty alt attribute; its file name is bhuwan_nepali_return1.jpg

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली लिएर नेपाल एयरलाइन्सको वाइडबडी विमान शनिबार चीनको वुहान उडेको थियो ।

This image has an empty alt attribute; its file name is bhuwan_return_bus.jpg

बुहानबाट शुरुमा १ सय ८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन् भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।

बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

This image has an empty alt attribute; its file name is bhuwan_return_bus2.jpg

सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन। क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ ।

प्रत्येक दिन बिहानको नास्ता, ११ः०० बजे खाना, ३ः०० बजे खाजा र साँझ ७ः०० बजे खानाको व्यवस्था गरिएको छ । छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्