दिल्लीमा आम आदमी पार्टीलाई बहुमत, मोदी पत्तासाफ



हाम्रो इकोनोमि

 

दिल्ली विधानसभा निर्वाचनको मत गणना शूरु भएको छ । प्रारम्भीक गणनाअनुसार आम आदमी पार्टी ५० स्थानमा अगाडी चलिरहेको छ भने २० स्थानमा भारतीय जनता पार्टी अगाडी देखिएको छ । दिल्ली विधानसभामा फेरी पनि आम आदमी पार्टीको सरकार बन्ने लगभग निश्चित जस्तो देखिएको छ ।

दिल्ली विधानसभामा ७o सिट छ । अरविन्द केजरीवालको पार्टी आम आदमी प्रारम्भीक मत सर्बेक्षणमा पनि बहुमतमा थियो । कांग्रेस भने एक स्थानमा पनि अगाडी देखिएको छैन । दिल्ली विधानसभामा बहुमतका लागि ३६ सिट आवश्यकता पर्दछ । आम आदमी पार्टीले लगभग ५० सिटमा जित्ने आँकलन गरिएको छ ।

भारतको राजधानी दिल्लीमा भारतीय जनता पार्टीको सरकार बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले निकै ठुलो मेहेनत गरेका थिए । तर प्रारम्भीक नतिजाअनुसार उनको मेहेनले कुनै काम गरेको देखिएन । दिल्ली विधानसभाको ७० सिटमा ६७२ जना उम्मेदवारहरु मैदानमा छन् । जसमा ७९ महिला उम्मेदवार पनि मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...