ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त
सरकारले आज नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउँदैछ । आज बस्ने मन्त्रीपरिषदको बैठकले देशलाई नयाँ आइजीपी दिने भएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० बर्षे सेवा अवधीका कारण बुधवारदेखि अनिवार्य अबकास पाउँदैछन् ।
आइजीपी खनालले अनिवार्य अवकास पाउने भएपछि सरकारले आज नयाँ आइजीपी नियुक्त गर्दैछ । नयाँ आइजीपीका लागि एआईजीबाट नभई डिआइजीबाट नियुक्त गरिने भएको छ । डिआइजीबाट आइजीपी नियुक्त गर्ने गरी गृहमन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव पनि पठाएको छ ।
वर्तमान एआइजी सवैले एकै साथ अवकास पाउने भएपछि डिआईजीबाट प्रहरी महानिरीक्षक बनाउन लागिएको हो । डिआइजीमा ठाकुर ज्ञवाली एक नम्वरमा छन् । बरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आइजिपी बनाउने तयारी गरेको छ ।
२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र १८ जना डिआइजीले पनि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । अवकाशपछि नेपाल प्रहरीमा आइजिपीसँगै तीन एआइजी र १८ डिआइजीको पद पनि रिक्त हुनेछ ।
ज्ञवालीले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । ज्ञवालीले पनि जम्मा पाँच महिनामात्र नेपाल प्रहरीको नेतृत्व गर्ने भएका छन् । त्यसपछि उनले पनि अनिवार्य अवकास पाउँदैछन् ।