ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त



हाम्रो इकोनोमि

 

 

सरकारले आज नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउँदैछ । आज बस्ने मन्त्रीपरिषदको बैठकले देशलाई नयाँ आइजीपी दिने भएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० बर्षे सेवा अवधीका कारण बुधवारदेखि अनिवार्य अबकास पाउँदैछन् ।

आइजीपी खनालले अनिवार्य अवकास पाउने भएपछि सरकारले आज नयाँ आइजीपी नियुक्त गर्दैछ । नयाँ आइजीपीका लागि एआईजीबाट नभई डिआइजीबाट नियुक्त गरिने भएको छ । डिआइजीबाट आइजीपी नियुक्त गर्ने गरी गृहमन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव पनि पठाएको छ ।

वर्तमान एआइजी सवैले एकै साथ अवकास पाउने भएपछि डिआईजीबाट प्रहरी महानिरीक्षक बनाउन लागिएको हो । डिआइजीमा ठाकुर ज्ञवाली एक नम्वरमा छन् । बरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आइजिपी बनाउने तयारी गरेको छ ।

२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र १८ जना डिआइजीले पनि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । अवकाशपछि नेपाल प्रहरीमा आइजिपीसँगै तीन एआइजी र १८ डिआइजीको पद पनि रिक्त हुनेछ ।

ज्ञवालीले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । ज्ञवालीले पनि जम्मा पाँच महिनामात्र नेपाल प्रहरीको नेतृत्व गर्ने भएका छन् । त्यसपछि उनले पनि अनिवार्य अवकास पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...