चीनको वुहानबाट प्रधानमन्त्रीलाई नेपाली चेलीको भावुक पत्र



हाम्रो इकोनोमि

 

 

कोरोना भाइरसको इपिसेन्टर रहेको हुवेइ प्रान्त चीनको वुहान शहरमा रहेका एक सय ८० जना नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरिरहेका बेला नेपाल फर्कएन खोजेकी एक नेपाली विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर सामाजिक संजालमा अपलोड गरेकी छन् । वुहानमा रहेका नेपालीहरुको स्थितिबारे सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएकी प्रमिला देवकोटाले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै तत्काल उद्धार गर्न अनुरोध गरेकी छन् ।

उनले सामाजिक संजालमा अपिलसहित पोष्ट गरेको पत्र यस्तो छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

तपाइहरुलाई हिजो राम्रो निन्द्रा पर्यो होला। हामी यहाँ चीनको हुवेइमा भएका विद्यार्थीहरु भने रातभर तपाई लगायतका नेताहरुले बजाइरहेको मुरली हेरेर आफैलाई चिथोरीरह्यौं ।

हामीले अझै पनि घर फर्कने समयको केही खबर पाएनौं। हामी यहाँ हरेक मिनेट नेपालका समाचार हेरेर विताइरहेका छौं, हाम्रो घर फर्कने समाचारको आसमा।

त्यो समाचार त पाएनौं तर तपाईहरुले बाजा बजाइरहको तस्वीर भने पायौं। हामी तपाई रोम जल्दा मुरली बजाउने नीरो हो त भन्दैनौ। तपाईका विगतका काम हेर्दा हामीलाई लाग्दैन तपाईको मुटु त्यति कठोर छ।

तर तपाईले पक्कै मान्नुपर्छ हामी अत्यासिएका छोराछोरी जस्ताको मनमा अझै आस नदेखाएर तपाईले आफूमा सम्वेदना भने नभएको पुष्टी गर्नुभएको छ।

हामी अहिले नेपाल सरकारलाई किन बोझ भयौ भनेर छलफल गरिरहेका छौं। हाम्रा नजिकैका भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका जनताभन्दा हामी किन फरक भयो भनेर सोच्यौं।

अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।
यहाँ डाक्टर पढेका देशमा काम गरेका वा अन्य पेशामा लागेका र अगाडि पढ्न आएका युवायुवती छन्। उनीहरु सोच्दछन् देश बन्न त भूगोल मात्रै काफी हुन्न। देश भूगोलमा बस्ने जनताले बनाउँछ।

अत्यास कस्तो हुन्छ, जीवन गुमाउने डर कस्तो हुन्छ, भन्ने हाम्रो प्रधानमन्त्रीले जति कसले बुझ्नुभएको होला। तर तपाईलाई नै हाम्रो अत्यास मेटाउने हतारो किन नगर्नु भएको भनेर पनि छलफल गयौं।

देशमा स्रोत छैन्, ठीक हो नहुनु आफैमा दोष होइन। तर स्रोत जुटाउन नसक्नु त्यो दोष हो। जनता मगन्ते मात्रै मानिरहने र राज्य भएको महसुस नै नहुने कस्तो देश बनाउनुभयो तपाईहरुले ? हामी यहाँ सोच्दैछौ कुनै दाता तपाइकाहाँ हामीलाई १४ दिन लगिदिने प्रस्ताव लिएर किन आइदिएन ?

त्यो सहरमा हामी अट्ने ठाउँ खोज्न तपाईहरुले चीनले अस्पताल बनाउँने भन्दा बढी समय लगाउनुभयो। तपाईहरुलाई काम गर्न नपर्ने र राज्य चलाउन पाइरहने किन बनायौ हामीले ? त्यो सोचेर पनि आफैलाई चिथोर्न मन लाग्छ।

कुन समय आउँछ नागरिकको जीवनमा जब उसलाई लाग्छ, यस्तो देशमा किन जन्मिए ? हामीलाई पहिलोपटक यस्तै लागेको छ। आस छ, हामी यहाँ सकुशल हुँदै हाम्रा बा जस्तो प्रधानमन्त्रीले बुझेछन् र घर आइयो भन्न पाइयोस् र हाम्रा अर्का रातहरु आसमा अत्यासिएर बाच्न नपरोस्।

–हामी वुहानमा अत्यासिएका नेपाली

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...