सागर लम्साल ‘बले’ र प्रिज्मा खतिवडा विवाह गर्दै, हेर्नुहोस् यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

र्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका छन् । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् ।

उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकैनै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडा सँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्ट बाट बुझ्न सकिन्छ । टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् ।

हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले अौधी रुचाउँछन् ।

यतिबेला सागर लम्साल बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागेपनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।

बलेकी प्रेमीका प्रिज्मा खतिवडाले पनि बले फिचर्ड हरेक गीतको टिकटक भिडियो पहिल्यैदेखि बनाउँदै आएकी थिइन् । यसकारण पनि उनिहरु प्रेम सम्बन्धमा निकै अगाडिदेखि रहेको अनुमान लगाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...