बर्दिधारी डिएसपी राजकुमारले शयनकक्षमौ लगेर ………..



 

 

पूर्व मेचीकी महिला एसएसपी सौरभ राणाबाट पीडित भइन् । पीडितले गृहमन्त्रालय धाएर न्याय खोजिन् । फलतः सौरभ अहिले अनुसन्धानका लागि थुनामा छन् । तर, गृहमन्त्रालयबाट १५–२० किलोमीटरको दूरीमा डिएसपीबाट युवती बलात्कृत भइन् । न प्रहरीले उजुरी लिन्छ, न गृहले कुरा सुन्छ ।

 

सविना खड्का (नाम परिवर्तन) लाई प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउँजुले सरकारी शयनकक्षमा लगेर यौन दुव्र्यवहार गरे । घटना २०७५ मंसिर ३० गतेको हो । एक वर्ष नाघिसक्यो, पीडितले न्याय पाइनन् । बरु, राजकुमार, उनकी पत्नी, साथी र पत्रकारसमेत मिलेर पीडितलाई धम्की र प्रलोभन दिने क्रम चलिरहेको छ । राजकुमार असईमा भर्ना भई डिएसपीको रुपमा चापागाउँ कमाण्ड गरेलगत्तै राजीनामा दिएर घर गइसकेका छन् । चापागाउँभन्दा परको महांकाल गाउँपालिका घर भएकी सविनाले गरुड सेक्युरिटी कम्पनीमा गार्डको जागिर खाने तयारी गरेकी थिइन् ।

 

त्यसका लागि नजिकैको प्रहरी कार्यालयबाट पुलिस रिपोर्ट ल्याउन भनिएको थियो । त्यही कामका लागि चापागाउँ प्रहरीमा पुगेकी हुन् । देख्नेबित्तिकै डिएसपीले ‘पुलिस रिपोर्ट यहाँबाट बन्दैन, जावलाखेल जानुपर्छ, तर चिया त पिएर जानु’ भन्दै आफ्नो शयन कक्षतिर लगे । पहिलोपटक प्रहरी कार्यालय पुगेकी सविनालाई त्यहाँको अवस्था र व्यवस्थाबारे केही थाहा थिएन । कोठामा भान्सेले चिया पकाइसकेपछि उनलाई डिएसपीले बाहिर जान भने । भान्से निस्किएपछि चिया पिउन थालेकी सविनाको गिलास रित्तिएकै थिएन, डिएसपीको हात अनुहारतिर सोझियो ।

 

माया गरेजस्तो उनले भने, ‘तिमी एकदम राम्री छ्यौ…†’ सविना अक्क न बक्क भइन् । त्यसपछि खिउँजुले छातितिर हात लगे । सविना अलिकति पछाडि सरेर ‘नगर्नु न सर’ भन्दै थिइन्, खिउँजुले ‘केही हुन्न के, केही हुन्न’ भन्दै कपडा नै खोल्न थाले । सविनाले सक्दो प्रतिकार गरिन् । तर, हाकिमको कोठामा हल्ला नै गरे पनि उनले नबोलाएसम्म अरु पुग्ने अवस्था भएन । ढोकामा चुक्कुल, सबै झ्याल बन्द भएको अवस्थामा खिउँजुले यौन व्यवहार गरे । त्यसको भिडियो रेकर्ड पनि गरे । सविनाले प्रतिकार गर्दा ‘मैले भिडियो खिचेको छु ।

 

कतै गएर केही बोल्यौ भने बर्बाद पारिदिन्छु’ भन्दै धम्की दिन थाले । युनिफर्ममै आफूमाथि यौन दुव्र्यवहार गरेपछि डिएसपी त त्यहाँबाट झरेर अफिस कोठामा छिरे, सविनाचाहिँ निकै बेर रोएर बसिन् । निस्कन खोजिन् । तर, जीवनमा पहिलोपटक कुनै पुरुषले उनको शरिरमा जबरजस्त धावा बोलेको छ र उनी घाइते भएकी छन् । उठेर हिँड्न सकिनन् । बल्लबल्ल भित्ता समातेर कोठाबाट निस्किइन् र प्रहरी कार्यालयको कम्पाउण्ड बाहिर पुगिन् ।

 

०७६ जेठपछि खिउँजुले कहिले प्रलोभन, कहिले धम्की दिने क्रम चलिरह्यो । मोबाइलमा अनेकन म्यासेज, फेसबुक म्यासेञ्जरमा अश्लील तस्वीर, प्रलोभन र धम्कीजन्य म्यासेजहरू पठाउने क्रम शुरु भयो । बुबालाई फोन गरेर ‘बढ्ता भइस् भने तेरो छोरी मारिदिन्छु’ भन्दै धम्की दिइयो । त्यही महिना उनको त्यहाँबाट सरुवा भयो । बस्नेत थरका पत्रकार लगाएर सम्झाउन पठाए । ‘नानी, तिम्रो इज्जत जान्छ, भविष्य पनि जान्छ । बरु पैसा लेऊ, केही गरेर बाँच्ने उपाय हुन्छ’ भन्दै ती पत्रकारले सम्झाउन खोजे, तर सविनाले मानिनन् । उनी अहिले सोल्टी होटलस्थित क्यासिनो माजोङमा जागिर खान्छिन् । त्यहाँ जागिर भएदेखि सातदोबाटोमा बस्न थालेकी छन् । त्यसपछि उनको कोठामै पुगेर खिउँजुको धम्कीका सिलसिला शुरु भएका छन् ।

 

चापागाउँबाट सरुवा हुने बेलामा पत्नी र छोरी ल्याएर सविनालाई कुटपिट गरे । खिउँजुकी पत्नीले पिटेपछि उनले फेसबुक फ्रेण्ड रहेका बागमती प्रदेश प्रहरीका डिआइजी शेरबहादुर बस्नेतलाई म्यासेञ्जरमा कल गरिन् । शेरबहादुरले ‘म त हेटौंडामा छु बहिनी, मेरो साथी डिआइजी मनोज नेउपाने रानीपोखरीमा छ, त्यहीँ जाऊ, म भनिदिन्छु’ भने । सविनाले नेउपानेलाई फोन गरिन् । घटना सुनाइन् । तर, नेउपानेले ‘ए ल–ल, चिन्ता नगर, म त्यसलाई कराइदिन्छु’ भनेर फोन राखे । ‘कराइदिएर’ सविनालाई पुग्ने अवस्था थिएन ।

 

उनलाई चाहिएको थियो, न्याय । त्यसपछि गाउँकै चिनेको दाइ रवि गोलेको साथ लागेर टेकुस्थित प्रहरी परिसरमा जाहेरी दर्ता गर्न गइन् । त्यहाँ जाहेरी लिइएन । बरु, गाउँको दाइ भनेर विश्वास गरिएका रवि गोले खिउँजुसँग मिलेर आफैँलाई ‘अब छाडिदेऊ’ भन्न थाले । पत्रकारले ‘मैले डिएसपीसँग पैसा लिएर आएको छु, यो पैसा आधा–आधा गरौँ, डिएसपीको बूढीसँग डिभोर्स गराइदिन्छु र बिहे पनि गराइदिन्छु’ भन्न थाले । यतिबेलासम्म डिप्रेसनको औषधी खान थालिसकेकी सविना त्यसपछि डिएसपी होविन्द्र बोगटीकहाँ पुगिन् । होविन्द्रले राम्रै रेस्पोन्स त गरे, तर जाहेरी लिन मानेनन् । उजुरी गर्न जानेबित्तिकै सूचना पाइहाल्ने र धम्की आउने, मान्छेहरू पठाउने काम खिउँजुले गर्दै आएका छन् ।  सोमबार जनआस्था कार्यालयमा आएकी पीडितले भनिन्, ‘मलाई न्याय नै चाहिन्छ । उसलाई जेलमै हाल्नुपर्छ ।’

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्