चीनमा भएको सबै नेपाली स्वदेश फर्किदै



हाम्रो इकोनोमि

 

चीनको हुवेइमा रहेका नेपालीलाई स्वदेश ल्याउनको लागि फारम भर्ने समय सकिएको छ । चीनमा रहेको नेपाली दूतावासले फारम भर्नको लागि आइतबार बिहान ९ बजेसम्मको समय तोकेको थियो ।

कतिले फारम भरे भन्ने यकिन हुन बाँकी रहेको र समय सकिए पनि फर्कन चाहने सबै नेपालीलाई नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । फारम भरेकाहरुको तथ्याङ्क संकलन भैरहेको र छुटेका तर नेपाल आउन चाहने अरु व्यक्तिका लागि पनि स्वदेश फिर्तीको लागि सहज वातावरण बनाउने प्रयास भैरहेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले फारम भर्न भनेको थियो । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भारत, बंगलादेश लगायत देशले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपालले पनि सक्रियता देखाएको हो ।

मन्त्रालयले गएको माघ १४ गते आफ्नो नागरिक फिर्ता गर्न चाहेको पत्र चीनलाई पत्र पठाएको थियो । त्यसको सकारात्मक जवाफ आएपछि सरकारले चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन लागेको हो

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...