चीनमा भएको सबै नेपाली स्वदेश फर्किदै



 

चीनको हुवेइमा रहेका नेपालीलाई स्वदेश ल्याउनको लागि फारम भर्ने समय सकिएको छ । चीनमा रहेको नेपाली दूतावासले फारम भर्नको लागि आइतबार बिहान ९ बजेसम्मको समय तोकेको थियो ।

कतिले फारम भरे भन्ने यकिन हुन बाँकी रहेको र समय सकिए पनि फर्कन चाहने सबै नेपालीलाई नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । फारम भरेकाहरुको तथ्याङ्क संकलन भैरहेको र छुटेका तर नेपाल आउन चाहने अरु व्यक्तिका लागि पनि स्वदेश फिर्तीको लागि सहज वातावरण बनाउने प्रयास भैरहेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।

बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले फारम भर्न भनेको थियो । चीनको हुवेइ प्रान्तको वुहान शहरबाट भारत, बंगलादेश लगायत देशले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपालले पनि सक्रियता देखाएको हो ।

मन्त्रालयले गएको माघ १४ गते आफ्नो नागरिक फिर्ता गर्न चाहेको पत्र चीनलाई पत्र पठाएको थियो । त्यसको सकारात्मक जवाफ आएपछि सरकारले चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन लागेको हो

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्