तीन ट्रक एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार बिहान आठ बजे दुइटा ट्रक एक आपसमा ठोक्किएर विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक चालक र त्यही काम गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी हेम कुमार थापाले जानकारी दिए।

‘बाक्लो हुस्सु थियो त्यही बेला ओभरटेक गर्न खोज्दा दुर्घटना भयो,’एसपी थापाले  भने।

ना२ख८१८४ नम्बरको ट्रक र ना५ख७८५६ नम्बरको ट्रक आपसमा जुधेपछि विपरीत दिशाबाट आएको ना५ख७८५६ नम्बरमा ट्रकसँग ठोक्किँदा दुर्घटना भएको एसपी थापाले बताए।

मृतकहरू सुनसरी चताराका अन्दाजी ३०-३५ वर्षका पूर्ण बहादुर भुजेल, नवलपरासी कालीनन्दन गाँउपालिका बस्ने मविकन कुर्मी र लालु कुर्मी रहेका छन्।

साथै नौ जना घाइते भएको र त्यसमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ।

चार जना सुवास कुर्मी, विनोद धवल,दुधाई हरिजन र मोहन राईको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै अन्य पाँच घाइते भिम अस्पतालमा तनहुँ आबुखैरेनीका वीरेन्द्र गुरुङ, नवलपरासी कालीनन्दन गाउँपालिकाका अक्लेस यादव, मनिस धवल, शैलेश कुर्मी र त्रिभुवन हरिजन रहेका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...