गमला बनाएरै मासिक ५० हजार कमाई



हाम्रो इकोनोमि

 

 

झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँकी सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ ।

उनले गमला बनाएर नै घर धानेकी छिन् । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उनी गमला मात्रै बनाउँदै आएकी छिन् ।

ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उनीसहित उनका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्किन्छन् ।

गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउँछिन् । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा  ५०–६० रुपैयाँ पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्छन् ।

एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजारको हाराहारीमा गमला बिक्री गर्दै आएका छन् ।  सातामा १५ हजार रुपैयाँ बराबरको गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हाराहारी हुने गरेको छ ।

त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन् ।

“बुबा (बाबुलाल) ले यही काम गर्नुभयो”, रामेश्वरले भने, “बुबाले गरेको देखेर सिकेको हो यो काम, यही कामले हामीलाई बचाएको छ, चार छोराछोरी हुर्कायौँ, बढायौँ र पढायौँ पनि ।”

हिउँदयाममा मात्रै गरिने यो कामसँगै उनीहरु खेती पनि गर्दै आएका छन् । तर, खेतीबाट भन्दा गमला बनाउँदा नै धेरै आम्दानी हुने गरेको रामेश्वरले बताए ।

“खेती गर्दा कहिले उत्पादन राम्रो दिन्छ, त कहिले उत्पादन दिदैन”, उनले भने, “गमला बनाएपछि नबिक्ला भन्नु पर्दैन, घर बाटै बिक्री हुन्छ । खेतीभन्दा राम्रो आम्दानीको स्रोत हाम्रो गमला बनाउने काम हो ।”

त्यसो त पण्डित दम्पती मात्र होइन, त्यस ठाउँमा बसोबास गर्ने झण्डै ३० घरपरिवार यही पेशामा निर्भर छन् । उनीहरुले माटोकै भाँडाकुँडा बनाएर वर्षाैदेखि जीवन निर्वाह गर्दै आएका छन् ।

“हातमा सीप भए जिउन सकिनेरहेछ”, सावित्राले भनिन् , “हामी यहाँ फरक–फरक सामग्री बनाएर बिक्री गर्छाैँ, कसैले गमला त कसैले दियो, कसैले खुत्रुके अनि कसैले घैला । यही कामले हामीलाई बचाएको छ ।”

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...