गायिका आस्था भन्छिन् ‘कानून अनुसारको कार्वाही भोग्न तयार छु’



हाम्रो इकोनोमि

 

 

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनी सहयोग गर्नकै लागि प्रहरी समक्ष आफू उपस्थित भएको बताएकी छन् ।

उनले कानून भन्दा कोही पनि माथि नहुने बताउँदै भनिन्, ‘कानूनको हिसाबले जे मलाई सजाय हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’

प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै पक्राउ परेकी गायिका आस्था राउतले प्रहरीले आफूलाई सौहार्दपूर्ण वातावरणमा कुरा राख्न दिएको बताएकी छिन् । सोमबार बिहानै प्रहरीको सम्पर्कमा पुगेकी आस्थाले प्रहरी कार्यालय परिसरमा प्रतिक्रिया दिंदै आफू कानुनभन्दा ठूलो नभएको र कानूनअनुसार जे कारवाही हुन्छ, त्यो स्वीकार्य हुने बताएकी हुन् ।

विमानस्थलमा जाँचका क्रममा गत माघ १ गते ड्युटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठको आफूलाई दुव्र्यवहार गरेको भन्दै उजुरीपछि राउतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
त्यसबेला सिक्किमको कार्यक्रममा गएकी आस्था सोमबार प्रहरीको सम्पर्कमा आएकी हुन् ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले उनीविरुद्ध कानुनी प्रक्रिया शुरु भएको जानकारी दिएका छन् । ‘अरु केसमा जस्तै कानूनी प्रक्रियाअनुसार नै अगाडि बढ्छ, प्रशासनमा पेस गर्छौँ, मिलापत्रको प्रक्रिया पनि अपनाउँछौँ, आदि किसिमले अनुसन्धान अगाडि बढ्छ’, उनले सुनाए ।

अभद्र व्यवहार आरोप लागेकी राउतलाई प्रहरीले सरकारी वकिलमार्फत प्रशासनमा सोमबार नै पेस गरी मिलापत्र गरेर छाड्ने तयारी भएको छ । प्रहरीको सम्पर्कमा आएपछि उनलाई लगत्तै प्रहरीले उनलाई वीर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...

लगानीको वातावरण नहुँदा कर्जा विस्तार रोकियो : राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ। ब्याजदर विगत केही वर्षयताकै न्यून स्तरमा...