गायिका आस्था राउत प्रहरीमा हाजिर



हाम्रो इकोनोमि

 

 

एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

आस्था सोमबार बिहानै परिसर पुगेर हाजिर भएको परिसर प्रवक्ता होबिन्द्र बोगटीले बताएका छन्। उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।

त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो। त्यसपछि गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियोमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन्।

सोही विषयमा विमानस्थलकी ती महिला प्रहरीले उनीविरुद्ध उजुरी दिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यही माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...