आज देशैभर घाम नलाग्ने



 

आइतबार विहानदेखि काठमाडौंमा राम्रोसँग घाम लागेको छैन। आकाशमा ड्याम्म बादल छ।

पानी पर्ने त होइन?, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आइतबार पानी पर्ने संभावना कम छ।

‘काठमाडौंमा आज पानी पर्ने संभावना न्युन छ,’ महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘बादल लागे पनि पानी पर्दैन।’

तर नेपालको पूर्वी भेगमा भने पानी पर्ने संभावना देखिन्छ। शाक्यका अनुसार पूर्वी पहाडी भेगमा वर्षा हुनेछ।‘पूर्वी पहाडी भेगको एक÷दुई ठाउँमा पानी पर्ने संभावना देखिन्छ,’ उनले भनिन्, ‘अन्यत्र बादल लागे पनि पानी पर्दैन।’

काठमाडौं उपत्यकालगायत देशैभर नै आइतबार मौसम खुल्ने र बादल लाग्ने भइरहन्छ। विहान हुस्सु लागेका ठाउँमा मध्यान्हपछि खुल्न थालेको छ।
‘बादल लागेकोले अलि चिसो भएको हो,’ उनले भनिन्, ‘अपरान्हपछि मौसममा सुधार हुँदै जान्छ।’

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक