आज देशैभर घाम नलाग्ने



हाम्रो इकोनोमि

 

आइतबार विहानदेखि काठमाडौंमा राम्रोसँग घाम लागेको छैन। आकाशमा ड्याम्म बादल छ।

पानी पर्ने त होइन?, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आइतबार पानी पर्ने संभावना कम छ।

‘काठमाडौंमा आज पानी पर्ने संभावना न्युन छ,’ महाशाखाकी मौसमविद् सजिना शाक्यले भनिन्, ‘बादल लागे पनि पानी पर्दैन।’

तर नेपालको पूर्वी भेगमा भने पानी पर्ने संभावना देखिन्छ। शाक्यका अनुसार पूर्वी पहाडी भेगमा वर्षा हुनेछ।‘पूर्वी पहाडी भेगको एक÷दुई ठाउँमा पानी पर्ने संभावना देखिन्छ,’ उनले भनिन्, ‘अन्यत्र बादल लागे पनि पानी पर्दैन।’

काठमाडौं उपत्यकालगायत देशैभर नै आइतबार मौसम खुल्ने र बादल लाग्ने भइरहन्छ। विहान हुस्सु लागेका ठाउँमा मध्यान्हपछि खुल्न थालेको छ।
‘बादल लागेकोले अलि चिसो भएको हो,’ उनले भनिन्, ‘अपरान्हपछि मौसममा सुधार हुँदै जान्छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...