काठमाडौंमा दिउसै ५० लाख लुटियो



हाम्रो इकोनोमि

 

‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने ढुंगा’ बेच्ने ग्राहक भेटिएको भन्दै किन्नका लागि ५० लाख बाकेर काठमाडौंको काभ्रेस्थली जंगलमा पुगेका पुर्व सैनिक समेत रहेका बच्चुराम गुरुङ लुटिएका छन् । उनी गत शुक्रबार लुटिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सुबेदार गुरुङ जग्गा प्लटिङको काम गर्छन । उनलाई साथीहरुले ‘बल्ने ढुंगा बेच्ने मान्छे भेटेका छौं, मिलेर त्यो किनौं पछि करोडौंमा विक्री हुन्छ’ भनेपछि उनी ५० लाख रुपैयाँ बोकेर जंगलमा पुगेका थिए ।

आफू लुटिएको सूचना उनले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिए ।लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले पुष्टि गरेका छन् ।

बल्ने ढुंगा किन्न जाँदा पैसा लुटिएका बच्चुरामले जग्गा बैना गर्न बोलाएर आफूलाई सो समूहले लुटेको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न ६ जना पनि जग्गा प्लटिङ ब्यवसायमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुबाट अपराध महाशाखाको टोलीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । बच्चुरामलाई लुटेपछी उनीहरुले नयाँ मोटर साईकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...