चीनमा कोरोना भाइरसबाट डाक्टरसहित ५१ को मृत्यु, विश्वभर फैलियो



हाम्रो इकोनोमि

 

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५१ जनाको ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् ।

देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ ।

चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ ।

वुहानमा कोरोना संक्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् । नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ मा सार्स भाइरस संक्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो ।

ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् ।

यो भाइरस संक्रमण भएपछि सुरुमा ज्वरो आउने र लगातार सुक्खा खोकी लाग्ने हुन्छ । केही दिनमै स्वास फेर्न कठिन पार्छ । तर, यस्तो लक्षण नदेखिएका बिरामीमा पनि कोरोना भेटिने गरेको विज्ञहहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको खतराको स्तर यकिन गर्न अहिले चाँडै हुने जनाएको छ ।

चीनको वुहानमा गत महिना देखिएको कोरोना भाइरस अहिले अन्य १२ मुलुकमा पनि फैलिसकेको छ । नेपाल, दक्षिण कोरिया, जापान, ताइवान, भियतनाम, सिंगापुर, मलेसिया, थाइल्यान्ड, फ्रान्स, अस्ट्रेलिया र अमेरिकामा कोरोना संक्रमित भेटिएका छन् ।

फ्रान्समा वुहानको भ्रमण गरेर फर्किएका चिनियाँ मुलका ४८ वर्षीय पुरुषमा कोरोना देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पेरिसमा अर्का व्यक्तिमा पनि संक्रमण देखिएको छ । त्यस्तै, अस्ट्रेलियामा शनिबार पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको हो । ती व्यक्ति पनि चीनको भ्रमण सकेर फर्किएका थिए । उनको मेलवर्नमा उपचार भइरहेको छ ।

अमेरिकामा शुक्रबार सिकागो सहरका एक व्यक्तिमा कोरोना देखिएको थियो । सिंगापुरमा तीनजना संक्रमित छन् । थाइल्यान्डमा पाँच व्यक्ति संक्रमित छन् । त्यस्तै, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुईजनामा संक्रमण देखिएको छ । नेपाल र ताइवानमा एक–एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...