भोलि सार्वजनिक विदा



हाम्रो इकोनोमि

 

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला बाहेक अन्यन्त्र बागमती प्रदेशभरसार्वजनिक बिदा हुने भएको छ ।

बागमती प्रदेश सरकारले तामाङ समुदायको सोनाम ल्होसारको अबसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले दिएको बिदा उपत्यकाभित्रका तीन जिल्ला बाहेक अन्यमा लागू हुने जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने जानकारी दिए ।

‘प्रदेशका तीन जिल्लामा बिदा छैन,’ उनले भने, ‘बागमती प्रदेशका अरू जिल्लामा बिदा हुन्छ । संघमार्फत् कार्यालय रहेका उपत्यकाबाहेक बागमती प्रदेशभित्रका अरू जिल्लामा बिदा हुन्छ ।’

गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यका बाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो । प्रदेशले बिदा दिँदा केन्द्र सरकारमातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषदले यस्तो निर्णय गर्नुपरेको थियो । उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले दिए मात्रै बिदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...