अष्ट्रेलिया काण्डको नालिवेली, को हुन् ति युवती ? जान्नुहोस वास्तविकता !



हाम्रो इकोनोमि

 

 

केही दिन यता अष्ट्रेलियाका नेपालीको नाम जोडेर सामाजिक संजालमा खिसी टिउरी गर्नेहरुको लर्को लागेको छ ।खासमा एउटा वयस्क सामाग्री अर्थात अ’श्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई ल’क्षित गरि टिकाटिप्पणी भइरहेका छन्।

विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको छ।

यो च्यानलले दुइ दिन अघि अपलोड गरेको उक्त संक्षिप्त दृश्य झण्डै ५० हजारले हेरिसकेको छ । त्यस्तै खाले नाम दिएर अरु वयस्क वेवसाइटहरुमा पनि उक्त भिडियो भेटिएको छ ।तर, के दृश्यमा देखिएकी युवती नेपाली हुन् त ?अष्ट्रेलियाको नेपाली समाजकै बद्नाम हुनेगरि यो खबर सामाजिक संजालमा भाइरल हुन थालेपछि हामीले केही अनुसन्धान गरेका छौ।

खासमा नेपाली दावी गरिएकी युवती न त नेपाली हुन् न त यो घटना अष्ट्रेलियामा नै घटेको हो ।यो भिडियो त दुइ हप्ता अघि नै अमेरिकाको न्युजर्सीबाट संचालन हुदै आएको एक च्यानलबाट अपलोड गरिएको हो।

दुइ दिन अघि अपलोड गरेर जुन युवतीलाई नेपाली भनिएको छ । उक्त भिडियो त दुइ साता अघि नै अमेरिकाबाट अपलोड भएको पाइएको हो । वयस्क वेवसाइटमा भेरिफाइड समेत भएको उक्त च्यानलले ती युवतीलाई भारतिय दावी गर्दै तीन हप्ता अघि देखि नै लगातार भिडियोहरु सार्वजनिक गरिरहेको छ ।उक्त युवतीका १२ वटा त्यस्ता भिडियोहरु उक्त च्यानलमा अपलोड भइसकेका छन्।

एक महिना अघि खोलिएको उक्त च्यानलका संचालक दावी गर्ने एक युवकले आफ्नो च्यानलले एक हप्तामै लाखौ सब्सक्राइबर बनाउन सफल भएको भन्दै भिडियो बनाएर समेत हालेका छन् ।

उनले केही पैसा कमाउनका लागि भिडियो बनाउने गरेको बताएका छन् । यसबाट के प्रष्ट हुन्छ भने यी युवतीले व्यवसायिक रुपमै भिडियो बनाउने गरेको देखिन्छ ।त्यसैले व्यवसायिक रुपमै वयस्क भिडियो बनाउने विदेशी युवतीलाई नेपाली भनेर हामीले जुन खालको चर्चा परिचर्चा गरिरहेका छौ। त्यसमा कुनै आधार छैन।

हल्लैहल्लामा दौडिने हाम्रो बानीले अष्ट्रेलियामा पढिरहेका ५० हजार विद्यार्थी र यहा बसोबास गर्ने दुइ लाख नेपालीको शान र मानमा प्रश्न चिन्ह उठाइदिएको छ ।त्यसैले सामाजिक संजालमा आएका फेक समाचारको पछाडी लाग्नु अघि त्यसको तथ्य बुझ्ने कोसिस गरौ।

एभरेष्ट पाटी अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...