स्कुल बस दुर्घटना: एकको मृत्यु, ११ विद्यार्थी घाइते



हाम्रो इकोनोमि

 

 

मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस  दुर्घटना भएको हो।

दुर्घटनामा परी  सहचालकसमेत रहेका बसधनी विराटनगर-१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घनपालथान गाउँपालिका वडा नम्बर-४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन्। उनीहरूको अवस्था सामान्य छ।

दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन्। बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले प्रारम्भिक बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...