दामनमा भारतीय : दुबईबाट विवाहको वर्षगाँठ र जन्मदिन मनाउन आएका थिए



 

 

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भएको छ ।

दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकलाई अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रभिनका साथीहरु र पारिवारिक स्रोतका अनुसार प्रभिन नायर र उनकी श्रीमती सारान्या बालबच्चाको जन्मदिन र डिसेम्बरमा परेको विवाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए ।

परिवारकै मृत्यु भएको खबरले दुबई स्थित उनका आफन्त र साथीभाइ शोकमग्न भएका छन् । प्रभिन मूल रुपमा केरलाका थिभुरानान्थानपुरमका हुन् र उनी विगत ११ वर्षदेखि दुबईको कालान्दुर ग्रुप अफ कम्पनिज नामको कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत थिए । उनकी श्रीमतीले कोचीस्थित एर्नाकुलमबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको पारिवारिक श्रोतले बताएको छ ।

‘उनका तीनै सन्तानको जन्म जनवरीमा भएको हो । बच्चाहरुको जन्मदिनमा केही दिनको मात्रै फरक छ,’ प्रभिनलाई नियुक्त गर्ने कालान्दुरले जानकारी दिए । ‘उनी बिहिबार दुबईबाट एर्नाकुलम पुगेका थिए र शुक्रबार परिवारसहित नेपाल गएका थिए । उनी शनिबार काममा फर्कने योजनामा थिए,’ उनले भने ।


 

‘उनी निकै दयालु व्यक्ति थिए, हाम्रो लागि परिवारको सदस्य समान थिए । उनी हाम्रो कम्पनीमा प्रोजेक्ट म्यानेजरको रुपमा आबद्ध भएका थिए र अहिले उनी अपरेशन म्यानेजर र सेकेन्ड इन–चार्ज हुन्,’ कालान्दुरले भने ।

प्रभिनको परिवारसँगै नेपाल भ्रमणमा आएका अर्को परिवारका तीनजना सदस्यको पनि मृत्यु भएको छ ।

दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।

जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए । त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको