राजकुमार ह्यारी र पत्नी मेगनको राजपरिवार सदस्य खारेज



हाम्रो इकोनोमि

 

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन अबदेखि राजपरिवारको सदस्य रहेनन् । उनीहरुकै रुचिमा राजपरिवारको सदस्यता त्याग गरिएको हो । केही समयअघि ह्यारी र मेगनाले राजपरिवारको सदस्य त्याग गर्ने निर्णय लिएका थिए । तरपनि बकिङ्गहम प्यालेसले औपचारिकरुपमा यसको घोषणा गरेको थिएन ।

बेलायती राजदरबार बकिङ्गहम प्यालेसकाअनुसार उनीहरुले राजकीय जिम्मेवारीबाट अलग भएपछि सार्वजनिक कोषको प्रयोग र हाइनेश शब्दको उच्चारण नगरिने भएको छ । ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् । उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता पनि गर्ने भएको छ ।

सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको बताएको छ । महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स तथा दाइ राकजुमार विललियम पनि उपस्थित थिए । छलफलमा राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए ।

महारानी एलिजाबेथले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि हामीले मेरो नाती र उसको परिवारका लागि एकीकृत रुपमा रचनात्मक र सहयोगात्मक मार्ग फेला पारेका छौँ । ‘ह्यारी, मेगन र आर्ची जहिले पनि मेरो परिवारका अति प्रिय सदस्य रहने छन्।’

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...