दुई सन्तानसहित एक दम्पतीले त्रिशुलीमा हाम फाले
बेनीघाट रोराङ गाउँपालिकाको बाँदरे झोलुङ्गे पुलबाट एक सहपरिवारले नदीमा हाम फालेका छन् । दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेपछि एक जनाको मात्र उद्धार गरिएको छ । झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् । दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको प्रहरीले जनाएको छ ।जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ ।