तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना



 

पश्चिमी न्यून चापी प्रणाली नेपालको आकाशमा भित्रिएपछि अबको तीन दिन वर्षा र हिमपात हुने भएको छ । शक्तिशाली मौसमी प्रणालीका कारण बिहीबार देशैभरको मौसम बदली हुने भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । नेपालमा यो प्रणाली तीन दिन रहने भएको छ । ‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना छ,’ मानन्धरले भनिन् ।

शनिबार अपरान्नदेखि मौसममा सुधार आउने भएको छ । काठमाडौं लगायत देशका विभिन्न भागमा आज बर्षा हुने भएको छ । मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानमा भारी हिमपातको सम्भावना रहेको छ भने पुर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्