मोवाइल र फोनको शुल्क घट्दै, अब प्रतिमिनेट १० पैसा मात्र



हाम्रो इकोनोमि

 

 

नेपालमा प्रयोग भइरहेका मोवाइलको शुल्कमा निकै घटने भएको छ । आगमी चैत महिनादेखि प्रतिकल ५४ पैसा लिदै आएका सेवा प्रदायिक कम्पनीहरुले नेपाल सरकारको निर्देशिका जारी भएपछि प्रतिकल १० पैसा मात्र लिनेछन् ।

आजभोली एउटा कम्पनीको मोवाइलबाट अर्काे कम्पनीको मोवाइलमा कल गर्दा महँगो पर्ने गरेको छ । तर नेपाल दुरसञ्चार प्राधिकरणले ल्याएको अन्तरआबद्धता निर्देशिका २०७६ लागु भएपछि प्रति कल १० पैसा मात्र लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको निर्देशिका आगमी चैत २० गतेदेखि लागु हुँदैछ । निर्देशिका जारी भएपछि मोवाइलको कल मुल्य निकै घटने दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

इन्टरनेटको प्रयोगले ल्याण्डलाइन र मोवाइल प्रयोगमा कमी आउन थालेपछि प्राधिकरणले अन्तरआबद्धता निर्देशिका जारी गर्न लागेको हो । इन्टरनेटबाट मानिसहरुले फ्रि कल गर्न थालेपछि मोवाइल र ल्याण्डकलमा कमी आएको छ ।

निर्देशिका जारी भएपछि ल्याण्डफोनबाट मोवाइलमा र एउटा कम्पनीको मोवाइलबाट अर्काे कम्पनीको मोवाइलमा कल गर्दा पनि कल शुल्क निकै कम लाग्ने भएको छ । अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ । तर चैत २० सम्म भने प्रतिमिनेट ५४ पैसा नै रहने छ।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा शुल्क लागिरहेको छ । निर्देशिका जारी भएपछि यसको मुल्यमा पनि भारी कमी आउने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गरेको थियो ।

विदेशबाट कल गर्दा पनि अन्तरआबद्धता शुल्क तोकिएको छ । निर्देशिका जारी भएपछि विदेशी कलमा पनि मुल्य कम हुनेछ । निर्देशिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ। आगामी आठ वर्षपछि घटाउँदै लगिने र प्रति मिनेट एक रुपैयाँ ८० पैसा मात्र हुनेछ। नेपाल सरकारको यसअघि कुनै नियम नबनाउँदा सेवाप्रदायिक कम्पनीहरुले आफुखुसी रकम लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...