पुरातात्विक मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने, राष्ट्रपतिद्वारा विशेष पुजा



 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले ५ र ६ फागुनमा पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ ।

आज नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले महायज्ञ बारे जानकारी गराएको हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्य रहने नगरपालिकाले जानकारी गराएको हो ।

५ फागुनमा महायज्ञ शुभारम्भ र शिवलिला प्रदर्शन एवम ६ फागुनमा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्र उच्चारण एवम राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली तथा विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना हुनुका साथै भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बताइन् ।

उनले भनिन, ‘पुरातात्विक महादेव मन्दिर एउटा ऐतिहासिक मन्दिर हो । १२०० वर्ष पुरानो यो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने हाम्रो विश्वास छ । मन्दिर संरक्षणका लागि हामी दिनरात खटिएका हौं तर त्यति मात्रले पुग्दैन । यसको प्रचार गर्नु पनि त्यतिकै जरुरी छ । त्यसैले हामी मधानी महायज्ञ आयोजना गर्न लागेका हौँ । यसले भ्रमण वर्षमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’

देशको थप नयाँ सय गन्तव्यमा छनोट भएको उक्त मन्दिरमा हुने मधानी महायज्ञमा भगवान शिवको विशेष मौलिक अनुष्ठान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा