पुरातात्विक मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना हुने, राष्ट्रपतिद्वारा विशेष पुजा



हाम्रो इकोनोमि

 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले ५ र ६ फागुनमा पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ एवम शिवलिला प्रदर्शन २०७६ को आयोजना गर्ने भएको छ ।

आज नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले महायज्ञ बारे जानकारी गराएको हो । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त महायज्ञमा राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष आतिथ्य रहने नगरपालिकाले जानकारी गराएको हो ।

५ फागुनमा महायज्ञ शुभारम्भ र शिवलिला प्रदर्शन एवम ६ फागुनमा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्र उच्चारण एवम राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली तथा विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना हुनुका साथै भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने बताइन् ।

उनले भनिन, ‘पुरातात्विक महादेव मन्दिर एउटा ऐतिहासिक मन्दिर हो । १२०० वर्ष पुरानो यो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बन्न सक्छ भन्ने हाम्रो विश्वास छ । मन्दिर संरक्षणका लागि हामी दिनरात खटिएका हौं तर त्यति मात्रले पुग्दैन । यसको प्रचार गर्नु पनि त्यतिकै जरुरी छ । त्यसैले हामी मधानी महायज्ञ आयोजना गर्न लागेका हौँ । यसले भ्रमण वर्षमा महत्वपूर्ण योगदान पुर्याउने छ ।’

देशको थप नयाँ सय गन्तव्यमा छनोट भएको उक्त मन्दिरमा हुने मधानी महायज्ञमा भगवान शिवको विशेष मौलिक अनुष्ठान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...