इरानको रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिए



हाम्रो इकोनोमि

 

इरानले रकेट आक्रमणबाट ८० अमेरिकी सैनिक मारिएको दावी गरेको छ । बुधवार विहान इरानले इराकस्थित अमेरिकी सेनाको बेश क्याम्पमा आक्रमण गरेको थियो । आफ्नो मिसाइल आक्रमणमा परी ८० अमेरिकी सैनिक मृत्यु भएको इरानले आफ्नो सञ्चारमाध्यमबाट दावी गरेको छ ।

बुधवार विहान इराकमा रहेका दुई अमेरिकी सेनाको हवाई अड्डामा इरानले १३ रकेट आक्रमण गरेको थियो । अमेरिकाले आक्रमण भएको स्वीकार गरेपनि सैनिक मारिएको बिषयमा भने केही बोलेको छैन । अमेरिकी सेनाले इरानका सैन्य जनरल कासिम सुलेमानीको ड्रोन आक्रमणबाट हत्या गरेपछि त्यसको बदला लिएको बताएको छ ।

इरानले हान्यो अमेरिकी सेनाको बेस क्याम्पमा १३ रकेट

सैन्य जनरल कासिम सुलेमानीको हत्यापछि आक्रोसित बनेको इरानले अमेरिकी सेनाको बेस क्याम्पमा १३ रकेट आक्रमण गरेको छ । इराकस्थित अमेरिकी सेनाको बेस ब्याम्पमा १३ रकेट प्रहार गरिएको अल जजिराले टेलिभिजनले जनाएको छ ।

पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा रेकट प्रहार गरिएको छ । बुधबार बिहान दर्जनौ रकेट प्रहार गरिएको इराकी अधिकारीहरुले पुष्टी गरेका छन् । तर अमेरिकाले भने हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

१३ रकेट प्रहार भएपछि त्यहाँ कति क्षति भयो त्यसको विवरण भने अझै आइसकेको छैन । इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरे ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पुष्टि गरेको छ। अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...