इरानमा १८० यात्रु सवार विमान दुर्घटना, सबैको मृत्यु



हाम्रो इकोनोमि

 

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।

नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै भनेका छन्, ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ।’

विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो । यो आक्रमण इरानी सेनाका कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा गरेको इरानले जनाएको छ ।

बोइङ जहाज पटक(पटक दुर्घटना हुन थालेपछि यसको साख गिरेको छ । कम्पनीको साख फर्काउने उद्देश्यले हालै बोइङका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो । बोइङका अनुसार सफ्टवेयर सिस्टम एक सिंगल सेन्सरमा निर्भर गर्दछ । त्यसले गलत तथ्यांक देखाउँदा दुर्घटना भएको निष्कर्षसहित सो सफ्टवेयरलाई अझै परिस्कृत गर्ने काम भइरहेको बोइङका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...