अमेरिकी सेनालाई देश निकाला गर्ने इराककी राष्ट्रपतिको चतावनी



हाम्रो इकोनोमि

 

अमेरिकी सेनालाई देश छाड्न इराकी संसदले विशेष प्रस्ताव पारित गरेलगतै राष्ट्रपति डोनल्ड ट्रम्पले कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । अमेरिकी सेनालाई देश निकाला गरे इराकमाथी कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

‘इराकमा हामीले निकै महँगो खर्च गरेका छौ । निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बौँ डलर खर्च गरेका छौ । त्यो रकम नतिरेसम्म हामी इराके छोड्दैनौँ,’ राष्ट्रपति ट्रम्पले भने ।

अमेरिकाले इरानी सेनाका जनरल कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । इरानले ट्रम्पको टाउकोको मुल्य तोकेको छ भने ट्रम्पले अत्याधुनिक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन् ।

सुलेमानी इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल (कूड्स फोर्स)का प्रमुख थिए । सुलेमानी मारिएपछि इराकले अमेरिकी सैनिकलाई देश निकाला गर्ने प्रस्ताव आफ्नो संसदबाट पारित गरेको छ ।

लगतै राष्ट्रपति ट्रम्पले भने ‘यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने छौ । यो उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौँ। त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ ।’ इराकमा झन्डै ५,००० अमेरिकी सैनिक छन्।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...