काठमाण्डौं उपत्यका भासिदै, तत्काल विकल्प खोज्न जलाधारविज्ञको आग्रह



हाम्रो इकोनोमि

 

 

काठमाण्डौं उपत्यकामा अब जमिन भासिन सक्ने भन्दै जलाधार विज्ञहरुले सचेत गराएका छन् । बढ्दै गएको जनघनत्वक कारण जमिनमुनीको पानी तान्ने क्रम बढ्दै ग्एको र त्यसले पानीको सतह घट्दै गएको जलाधारविज्ञको भनाई छ । प्रत्यक वर्ष जमिनमुनीको एक मिटर पानीके सतह सट्दै गएका कारण छिटै नै पानीको मात्रा सकिने उनीहरुको भनाई छ ।

 

जमिनमुनीको पानी घट्दै गएका कारण अहिले काठमाडौंका घरको धारामा पानी आउँदैन, इनार पनि सुक्न थालेको छ । उपत्यकाका खोला, नाला र कुँवाहरु फोहोर मात्रै होइन, लोप हुने स्थितिमा पुगेका छन् । यसले पानीको अभावको समस्या त छंदैछ अब जमिन नै भासिन सक्ने भन्दै सचेत रहन सुझाव दिएका छन् ।

 

खानेपानी विभागका अनुसार काठमाडौं उपत्यकामा प्रत्येक दिन ३६ करोड लिटर पानीको माग छ । तर जमिनमुनिको पानी सकिदै जाँदा पानी आपुर्तिमा हुन सकेको छैन । प्राकृतिक सम्पदाका विज्ञ डा। केशवराज कँडेलले भूमिगत पानी तान्ने क्रम बढेका कारण जमिनमुनीको भाग खाली हुँदै गएको छ । जसले जमिन भासिने खतरा बढेको हो।

 

उनले यसको समयमै नियन्त्रण नभए त्यसले भयावह अवस्था निम्त्याउन सक्ने बताएका छन् । जमिनमुनिको पानी कम हुनुमा जलवायू परिवर्तन पनि एक कारण रहेको उनको भनाई छ । उनले जमिनमुनीको पानीको सतह घट्न नदिन सरकार मात्र सचेत भएर नपुग्ने बताउँदै त्यसका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने बताएका छन् ।

 

काठमाण्डौं उपत्यकामा बस्ति बाक्लो हुँदै दाँदा टोल, टोलका ढुंगे धारा सुकेका छन् । खेतबारी नासिएका कारण जमिनमा परेको पानी सोसिएर तल जान पाउँदैन । अहिले सबैतिर घर र पक्कि सडक बन्दा आकाशबाट परेको पानी जमिनको मुनि पुग्न नपाउँदा पानीको सतह घट्दै गएको हो । उपत्यकाबासीलाई पानी व्यवस्थापनको लागि सरकारले अध्ययन सुरु गरेको छ ।

 

उपत्यकामा केही वर्षअघि १ सय फिटमा भेटिने भूमिगत पानीको सतह अहिले १ सय ५० फिट तल पुगिसकेको छ । जमिनमुनिको पानी सकिँदै जाँदा उपत्यकाबासी पानीको जोहो गर्ने मात्रै होइन जमिनै भासिने चिन्ता पनि बोकिरहेका छन् । जलाधार विज्ञहरुले यसको तत्काल विकल्प सोच्न सरकार र सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...