कर्णालीमा जिप खस्यो, चार जनाको मृत्यु



हाम्रो इकोनोमि

 

बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। ४ जना घाइते र एक जना बेपत्ता छन् ।

से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ४ जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ। ५ सय मिटर माथिबाट जिप नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धवसिं भाटले भने खबर पाउने बित्तिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।

डीएसपी भाटका अनुसार जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता एक यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...