सिक्टा सिंचाई आयोजनामा ८ अर्ब भ्रष्टाचार



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाण खोजेर मुद्दा दायर गर्ने तर, विशेष अदालतले सफाइ दिंंदा भ्रष्टाचार गर्नेहरु झन् प्रोत्साहित हुँदै गएका छन् । सुशासन स्थापनामा न्यायालयको भूमिका महत्वपूर्ण हुन्छ । तर १४ अर्ब लगानी भएको सिक्टामा ८ अर्ब भ्रष्टाचार गर्नेहरुबिरुद्ध अख्तियारले दायर गरेको मुद्दामा बीचौलियाहरुमार्फत् सफाइ दिने खेल भइरहेको स्रोतले बताएको छ ।

 

सिक्टा सिंचाई आयोजनाको ८ अर्ब भ्रष्टाचारमा संलग्न ठेकेदार कम्पनी कालिका कन्ष्ट्रक्सनका संचालक विक्रम पाण्डे, परामर्शदाता इआरएमसीका संचालक उद्धवराज चौलागाई र हेमनिधि शर्मालगायत तत्कालीन आयोजना प्रमुखहरु सरोज पण्डित, रमेश बस्नेत सहित २१ जनाबिरुद्ध अख्तियारले २०७५ मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

नवीन घिमिरे प्रमुख आयुक्त भएपछिको ठूलो भ्रष्टाचार काण्ड सिक्टा सिंचाईको मुद्दामा विक्रम पाण्डे, उद्धवराज चौलागाई र सरोज पण्डितहरुले सेटिङ गरी फाष्टट्रयाकबाट फैसला गराउने तयारी गरेका छ्न् । उनीहरुले बिचौलियामार्फत् ठूलो आर्थिक चलखेल गरी सफाइ पाउनेगरी सबै सेटिङ मिलाइसकेका छन् । ठेकेदार पाण्डे र चौलागाईले आफ्ना निकटस्थहरुसँग यही महिनामा फैसला आउने र आफूहरुले सफाइ पाउने भएकाले ढुक्क भएर काम गर्न आफ्ना कर्मचारीहरुलाई भन्न थालिसकेका छन् । चौलागाईले मुद्दा दायर भई कालोसूचीमा परेका इन्जीनीयरहरुलाई अब यही महिनामा सफाइ पाउने गरी कुरा मिलिसकेको छ भनेर आश्वस्त पारेका छन् । ठेकेदार, परामर्शदाता र पूर्वआयोजना प्रमुखलगायत कर्मचारीबाट २० करोड संकलन गरिएको चर्चा छ ।

 

आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा सिक्टाको मूल नहर भत्किएको, डिजाइनमा त्रुटि भएको तथा निर्माण क्रममा खटिएका प्राविधिक, कन्सलटेन्ट र निर्माण व्यवसायीले सुपरभिजन नगर्दा गुणस्तरीय काम हुन नसकेको उल्लेख छ । नहर भत्कँदासमेत आयोजनाका कर्मचारीले निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको अनुसन्धानको क्रमबाट खुलेको आयोगले जनाएको छ । तर आयोगले यति मेहनतका साथ दायर गरेको ठूलो भ्रष्टाचारको मुद्दामा सफाइ पाएमा सुशासन स्थापना होइन, थप भ्रष्टाचार बढ्ने चिन्ता प्रकट गर्न थालिएको छ ।

 

कालिका कन्ष्ट्रक्सनले तोकिएको सिमेन्ट प्रयोग नगरी गुणस्तरहीन सिमेन्ट प्रयोग गरेको, पानी पानी भएको हिलोमा प्लाष्टर गर्दा नहर भत्किन पुगेको थियो । निर्माणको गुणस्तर चेक गर्नुपर्ने परामर्शदाताले विज्ञ इन्जीनीयर नै नराखी तलव मात्र भुक्तानी लिने गरेको थियो । विज्ञ इन्जीनीयरको बायोडाटा राखी फिल्डमा कहिल्यै पनि नपठाई मासिक ३ लाख तलवबापतको रकम आयोजना प्रमुख र चौलागाईले भागशान्ति खाने गरेका थिए । परामर्शदाता कम्पनी इआरएमसीले निर्माण कार्यमा सुपरीवेक्षण र अनुगमन नगरेकै कारण सिक्टाको मूल नहर परीक्षण क्रममा भत्किन पुगेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

 

विज्ञ समूह प्रस्ताव गर्दा विज्ञहरुको ब्यक्तिगत विवरण नै किर्ते बनाएको स्रोतले बताएको छ । जुन अख्तियारले छानबिन गरे दुधको दुध पानीको पानी छुट्टिनेछ । इआरएमसीले आयोजनासँग ठेक्का सम्झौता गर्दा आयोजना प्रमुखलाई करोडौं रुपैयाँ घुस दिएको आरोप छ ।

 

यसरी घुसका भरमा कम अनुभव प्राप्त र दक्षता नभएका ब्यक्तिको किर्ते कागज पेश गरी वास्तविक काममा अनुभवहीन र अदक्ष प्राविधिक प्रयोग गरी डिजाइन, सुपरभिजन र ब्यवस्थापनका कार्य गरेका कारण सिक्टा आयोजनाको करिब २ सय मिटर नहर र एउटा पुल भत्किएको थियो ।

 

इआरएमसीले प्राविधिकलाई कागजमा लेखिएभन्दा आधा पनि पारिश्रमिक नदिएको र आयोजनाका प्रमुख तथा प्राविधिकका साथै दातृनिकायका प्राविधिकहरुसँग पैसाको मिलेमतोमा निर्माण कार्य गराएका कारण ८ अर्ब भ्रष्टाचार भएको अख्तियारको छनबिनबाट देखिएको थियो ।

 

सिंचाई विभागका एक अधिकारीका अनुसार ठेकेदारले नहर निर्माणमा तोकिएको गुणस्तरको सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरे नगरेको सुपरभिजन गर्ने काम कन्सलटेन्सीको हो । दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...