अन्नबाली छाडेर कृषक केराखेतीतर्फ आकर्षित,कति कमाई हुन्छ हेर्नुहोस् र सेयर गर्नुहोस्



हाम्रो इकोनोमि

 

बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु गरेका हुन् ।

रामपुर नगरपालिका–६ मैदानबारी बस्ने लोकनाथ ढकालले राम्रै अन्नबाली उत्पादन हुने जग्गामा केरा लगाएका छन् । उनले डेढ वर्षअघिदेखि व्यावसायिक तरिकाले केरा लगाएका हुन् ।

राम्रै धान उत्पादन हुने करीब नौ रोपनी जग्गामा उनले मालभोग, जिनाइन र उइलियम जातको ९०० बोट केरा लगाएका छन् । यो वर्ष कृषि शाखाबाट अनुदानमा ५०० बोट केरा लगाएको ढकालले जानकारी दिए । “रामपुरमा बाहिरबाट ठूलो परिमाणमा केरा भित्रिएको छ, यहाँको उत्पादन नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ, यो देखेर अन्नबाली राम्रै उब्जनी हुने जग्गामा केरा लगाउन थालेको छु”, उनले भने ।

नगरपालिका–५ बस्ने सोमबहादुर सेनले एक हजार ५०० बिरुवा केरा लगाएका छन् । खाली रहेको जग्गा सदुपयोग गर्दै तीन वर्षअघिदेखि व्यावसायिकरूपमा केरा लगाउन थालेको उनले बताए । सेनले २० रोपनी क्षेत्रफलमा केरा लगाएका छन् । यो वर्ष पनि विस्तार गर्ने उनको योजना छ । “जग्गा सुदपयोगमा आउने, आम्दानी पनि हुने हुँदा बाँझै रहेका जग्गामा केरा लगाएको छु, उत्पादन विस्तारै हुन थालेको छ, केराखेतीका लागि चितवन, बुटवललगायतका क्षेत्रमा पुगेर अध्ययन गरेर आएको छु, अझ व्यवसाय बढाउँदै जानेछु”, उनले भने ।

धान, मकैजस्ता अन्नबालीको तुलनामा केराबाट राम्रो आम्दानी लिन सकिने कृषक बताउँछन् । नगरपालिका क्षेत्रमा करीब ५०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । व्यावसायिकरूपमा यहाँका २५ कृषकले केरा लगाएका छन् । नगरपालिका–३ को रजघरा, ५ को गौडाहान, ६ को मैदानबारी क्षेत्रमा व्यावसायिकरूपमा कृषकले केराखेती शुरु गरेका छन् । व्यावसायिकताको हिसाबले एक कृषकले कम्तीमा चार रोपनी क्षेत्रफलमा २०० बोटदेखि बढीमा २० रोपनी क्षेत्रफलमा एक हजार ५०० बोटसम्म केरा लगाएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए । उनका अनुसार शाखाले यस वर्ष आठ हजार ५०० र गत वर्ष तीन हजार ५०० केराका बिरुवा कृषकलाई अनुदानमा वितरण गरेको छ ।

“रामपुर क्षेत्रले जिल्लाकै केराखेतीका लागि सम्भावना बोकेको छ, बिक्रीका लागि बजार सहज, भौगोलिक भू–बनोट मिलेको हुँदा केरा लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्छन्”, उनले भने। कृषि शखाले कृषकलाई पूर्ण ढुवानी अनुदानसहित तन्तु प्रजननबाट उत्पादित गरिएको बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आइरहेको छ । यो क्षेत्रका लागि उत्तम मानिएको जीनाइन, उइलियम हाइब्रिड, रगुस्ता, मालभोग जातको केरा कृषकले लगाएका छन् ।

फालिएका जग्गा सदुपयोगमा आउने हुँदा पनि पछिल्लो समय कृषकले व्यावसायिक तवरबाट केरा लगाउन थालेका हुन् । कृषि शाखाले केराखेती सम्बन्धमा स्थलगतरूपमा प्राविधिक सेवा दिन थालेपछि कृषकले व्यवसाय बढाउँदै गएका छन् । कृषि र पर्यटनको नारा बोकेको नगरपालिका–६ ले फलफूलमा केराखेतीलाई प्राथमिकता दिएको छ । यस वडालाई आलु पकेट क्षेत्रसँगै अब केराको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् ।

“तरकारीमा आलु, फलफूलमा केरा, मासुजन्यमा बाख्रा, किराजन्यमा मौरीपालन कार्यक्रमलाई अगाडि सारेका छौँ, केरा पकेट विस्तारका लागि यो वर्ष प्रस्तावना बनाएर काम गर्ने योजना छ”, उनले भने । कृषि ज्ञानकेन्द्र पाल्पाले केरा क्षेत्र विस्तार प्रोत्साहन अनुदान कार्यक्रम यो वर्ष जिल्लामा सञ्चालन गर्दैछ । यस वर्ष कम्तीमा २० रोपनीदेखि १०० रोपनी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए  ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...