मानव बेचबिखन तथा बाल शोषण विरुद्ध आम संचारको भूमिका



हाम्रो इकोनोमि

 

 

एटिविन र बिस्वास नेपाल को सयुक्त आयोजाना मा, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले “मानव बेचबिखन तथा व्यवसायिक बाल यौनशोषण विरुद्ध आम संचारको भूमिका” विषयमा बिहिबार काठमाडौंमा संचारकर्मीहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

 

अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकार एवं अधिकारकर्मीले मानव बेचबिखन एउटा गभीर अपराध भएकोले मुलुकमा शान्ति र स्थिरता एवं सभ्य समाज निर्माणका लागि सो अपराध रोक्नुपर्ने दायित्व सबै पक्षको रहेता पनि मानव बेचबिखन अन्त्यका लागि राज्यको चौथो अंगको रुपमा रहेको सचार क्षेत्रको बिशेष भूमिका हुने कुरामा जोड दिइएको छ ।

 

एटविनकी अध्यक्ष नाति सारा राईको अध्यक्षतामा भएको सो कार्यक्रममा एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले “नेपालमा मानव बेचबिखन तथा व्यवसायिक बालयौन शोषण” को विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै आन्तरिक बेचबिखनको उद्देश्य श्रम शोषण तथा यौनशोषण गर्नु रहेको हुन्छ र अन्य विभिन्न कामका साथै त्यसमा बालबालिकाहरूको व्यवसायिक यौनशोषण पनि रहेको छ भन्ने कुरा उल्लेख गर्नुभयो ।

 

पछिलो समय नेपालमा सीमापारिको बेचबिखनका साथसाथै आन्तरिक बेचबिखनले पनि गम्भीर रूप लिंदै गएको छ । मानव बेचबिखनको जोखिममा धेरै संख्यामा महिला तथा बालबालिका पर्ने भएतापनि आन्तरिक बेचबिखनमा भने बढी बालबालिकाहरू पर्ने गरेका छन् ।

 

आइएलओ/आइपेकका अनुसार नेपालबाट वर्षेनी १० हजार देखि १२ हजारसम्म महिला तथा बालबालिकाहरूको बेचबिखन हुने गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो राष्ट्रिय प्रतिवेदनले २३ हजार २ सय पीडित मध्ये ६ हजार १ सय बेचबिखनमा परेको र ती मध्ये करीब ६० प्रतिशत महिला तथा बालिका तथा लगभग ४० प्रतिशत पुरुष तथा बालक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...