मानव बेचबिखन तथा बाल शोषण विरुद्ध आम संचारको भूमिका



 

 

एटिविन र बिस्वास नेपाल को सयुक्त आयोजाना मा, महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)ले “मानव बेचबिखन तथा व्यवसायिक बाल यौनशोषण विरुद्ध आम संचारको भूमिका” विषयमा बिहिबार काठमाडौंमा संचारकर्मीहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

 

अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकार एवं अधिकारकर्मीले मानव बेचबिखन एउटा गभीर अपराध भएकोले मुलुकमा शान्ति र स्थिरता एवं सभ्य समाज निर्माणका लागि सो अपराध रोक्नुपर्ने दायित्व सबै पक्षको रहेता पनि मानव बेचबिखन अन्त्यका लागि राज्यको चौथो अंगको रुपमा रहेको सचार क्षेत्रको बिशेष भूमिका हुने कुरामा जोड दिइएको छ ।

 

एटविनकी अध्यक्ष नाति सारा राईको अध्यक्षतामा भएको सो कार्यक्रममा एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले “नेपालमा मानव बेचबिखन तथा व्यवसायिक बालयौन शोषण” को विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै आन्तरिक बेचबिखनको उद्देश्य श्रम शोषण तथा यौनशोषण गर्नु रहेको हुन्छ र अन्य विभिन्न कामका साथै त्यसमा बालबालिकाहरूको व्यवसायिक यौनशोषण पनि रहेको छ भन्ने कुरा उल्लेख गर्नुभयो ।

 

पछिलो समय नेपालमा सीमापारिको बेचबिखनका साथसाथै आन्तरिक बेचबिखनले पनि गम्भीर रूप लिंदै गएको छ । मानव बेचबिखनको जोखिममा धेरै संख्यामा महिला तथा बालबालिका पर्ने भएतापनि आन्तरिक बेचबिखनमा भने बढी बालबालिकाहरू पर्ने गरेका छन् ।

 

आइएलओ/आइपेकका अनुसार नेपालबाट वर्षेनी १० हजार देखि १२ हजारसम्म महिला तथा बालबालिकाहरूको बेचबिखन हुने गरेको छ भने राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो राष्ट्रिय प्रतिवेदनले २३ हजार २ सय पीडित मध्ये ६ हजार १ सय बेचबिखनमा परेको र ती मध्ये करीब ६० प्रतिशत महिला तथा बालिका तथा लगभग ४० प्रतिशत पुरुष तथा बालक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको