काजकस्तानमा विमान दुर्घटना कम्तीमा ९ को मृत्यु



 

 

काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ ।

अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन हुन सकेकाे छैन ।

विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्