पार्टी गर्न मिल्ने बस अब नेपालमा



 

 

तपाईं पार्टी गर्न कहाँ जानु हुन्छ?

क्लब, डिस्को कि बार?

सामान्यतया पार्टी गर्ने ठाउँ यिनै हुन्। अब भने पार्टी गर्नको लागि यी ठाउँ मात्रै धाउनु नपर्ने भएको छ। पार्टी बस नेपालले ठूलो ‘पार्टी बस’ सञ्चालनमा ल्याउने भएको छ।

यो बस जनावरी दोस्रो सातादेखि सञ्चालनमा ल्याइने सञ्चालक अशोक शर्माले जानकारी दिए।

पार्टी बसमा हाईफाई डिजे संगीत प्रणाली, सुविधा सम्पन्न बार, छुट्टै धुम्रपान क्याबिन, डान्स फ्लोर रहेको छ। कम्पनीले यस पार्टी बस प्रयोग गरे बापत विभिन्न शुल्क निर्धारण गरेको छ।

हप अन पार्टी राइडको प्रति व्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, प्राइभेट पार्टीको ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रति घण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीको वेब साइटमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्