काठमाण्डाैकाे आजको तापक्रम शून्य डिग्री



हाम्रो इकोनोमि

 

 

बिहीबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको तापक्रम घटेको छ ।

उत्तर–पश्चिम हिमालबाट चिसो हावा बहँदा धेरै ठाउँको तापक्रम घटेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बुधबार राति आकाश खुलेसँगै काठमाण्डाैसहित धेरै ठाउँको तापक्रम घटेको छ ।

बुधबारभन्दा झण्डै २ डिग्री सेल्सियस घटेर काठमाण्डाैकाे बिहीबारकाे तापक्रम यो वर्षको अहिलेसम्मकै कम अर्थात् शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । यसअघि बिहान ६ बजे काठमाण्डाैकाे तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बुधबार काठमाण्डाैकाे न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । काठमाण्डाैकाे बिहीबारकाे तापक्रम शून्य डिग्रीसम्म झर्न सक्ने महाशाखाले जनाएको छ ।

बिहीबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । गएको १ गते जुम्लाको तापक्रम यो वर्षकै कम माइनस ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यस्तै बिहीबार बिहान डडेलधुराको तापक्रम २ डिग्री, विरेन्द्रनगरको २ दशमलव ७ डिग्री, ओखलढुङ्गाको तापक्रम ४ डिग्री र ताप्लेजुङको ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

गएको २४ घण्टामा जोमसोमको तापक्रम माइनस ३ दशमलव ५ र जीरीको माइनस ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शीतलहरको समयमा चिसोको कारण ज्यानै जानसक्ने भएकाले समयमै न्यानो कपडाको जोहो गर्न, शीतलहरको समयमा खुला समयमा धेरै नबस्न, घरबाहिर निस्कनै परे वा धेरै समय बस्नु परे न्यानो कपडा लगाउन, राति सिरक, कम्बल ओढ्न र सुत्दा छाती र टाउको अनिवार्य छोप्न आग्रह गरेको छ ।

यसैगरी शीतलहर चलिरहेका बेला आगो ताप्न र तातो झोलिलो खानेकुरा खान पनि मन्त्रालयले सुझाव दिएको छ । मौसमविद्का अनुसार सामान्यतया २४ घण्टासम्म बाक्लो हुस्सु कुहिरो लागे शीतलहर चलेको मानिन्छ ।

तराईका विभिन्न ठाउँमा बिहान लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटिरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँले तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...